तुर्माखाँद र ढकारीका अधिकांस महिलाहरुमा पाठेघरको समस्या

अछामको तुर्माखाँद गाउपालीका र ढकारी गाउँपालिकाका १ सय ७० जना महिलाहरुको पाठेघरको क्यान्सरको अवस्था परीक्षण गरिएको छ ।
उनीहरु मध्य धेरैलाई योन रोगको समस्या देखिएको छ । जिल्ला अस्पताल अछामको आयोजनामा सम्पन्न शिवीर अन्र्तगत तुर्माखाँदमा ५५ र ढकारीमा १ सय १५ महिलाले पाठेघरको क्यान्सरबारे चेकजाँच गराएका छन् ।
शिवीरमा भैरवस्थान, लकान्द्र, चिसी, नाडा, लोडे, तोषि, ढुंगाचाल्ना, हिच्मा, घोडासैन, बलाता, बाचकोट, थार्म लगायत १६ भन्दा धेरै गाउँबाट आएका महिलाहरुले आफ्ना समस्या डाक्टरलाई देखाएको परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताउनुभयो ।
उहाँका अनुसार तुर्माखाँदमा सञ्चालन गरिएको शिवीरमा ३८ जनाले भिडियो एक्सरे, २५ जनाले ल्याव सेवा, ६ जनाले परिवार नियोजन र प्रयोगशाला तथा ३ सय २ जनाले सामान्य चेकजाँग गरी जम्मा ४ सय २५ जनाले सेवा लिएका छन् । यस्तै ढकारीमा दुई दिनसम्म चलेको शिवीरमा ७५ जनाले भिडीयो एक्सरे, ३४ जनाले ल्याव सेवा, १० जनाले परिवार नियोजन र ६ सय २८ जनाले स्वास्थ्य जाँच तथा उपचार गरी ८ सय ६२ जनाले सेवा लिएका छन् ।
चिकित्सकहरुका अनुसार शिवीरमा आएका महिलाहरुमा पाठेघरको क्यान्सर नभेटिए पनि अधिकांसमा योनरोगको समस्या बल्झिँदै गएको पाइएको छ । जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले भने परीक्षणका क्रममा क्यानसर नदेखिएपनि धेरैमा योनरोगको सदस्या देखिएको बताउनुभयो ।
तल्लो पेट दुख्ने, सेतो पानी बग्ने जस्ता समस्या बल्झिँदै गएर पाठेघर नै ‘ड्यामेज’ हुनेको संख्या बिकराल बन्दै गएको डाक्टर भारद्धाजको भनाई छ । उहाँका अनुसार चेकजाँचमा आएका अधिकांस महिलामा देखिएको यौनरोगको लक्षण सर्ने खालको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस