एसईई नतिजामा अछामका सामुदायीक बिद्यालयहरु नाजुक

हिजो सार्बजनिक गरिएको एसईई परिक्षाको नतिजामा सामुदायीक बिद्यालय निजि बिद्यालयको तुलनामा कमजोर देखिएका छन ।
मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखीए पनि सामुदायीक बिद्यालयको अबस्थामा भने सन्तोषजनक प्रगति नभएको देखिएको हो ।
यसैबिच अछाम जिल्लामा पनि यो बर्ष गत बर्षको भन्दा एस ईई नतिजामा केही सुधार देखिए पनि अपेक्षा अनुसारको नतिजा नआएको अभिभावकहरुले बताएका छन ।
जिल्लाका सामुदायीक बिद्यालयहरुबाट परिक्षा दिएका अधिकांश परिक्षार्थीहरु गणित बिषयमा अनुर्तिण भएका छन ।
बिषयगत शिक्षक , अभिभाबक र बिद्यार्थीहरुको लापरबाहीको कारण नतिजा सन्तोषजनक नआएको बौद्धिक बर्गको ठम्म्याई रहेको छ । यस्तै सरस्वति माद्यामीक बिद्यालय जयगढमा पनि यो बर्ष गत बर्षको भन्दा सन्तोषजनक नतिजा आएको छ ।
बिद्यालयका प्रधानाध्यापक झपट बहादुर रावलले रेडियो बान्निगढीसंग कुराकानि गर्दै पोहोरको भन्दा यसबर्ष सन्तोषजनक नतिजा देखिएको बताउनुभएको हो । समग्रमा नतिजा सन्तोज जनक भए पनि गणित बिषयको नतिजा भने नाजुक देखिएको उहाँले उल्लेख गर्नुभयो ।
यसैबिच आज हामीले बिद्यालयको नतिजाको बिषयमा सरस्वति माद्यामीक बिद्यालय जयगढका प्रधानाध्यापक झपट बहादुर रावलसंग कुराकानि गरेका छौँ । सुनौँ यो कुराकानि ।
क्याटेगोरी : मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस