ट्रोल जयगढ अछाममा आवद्ध युवाद्धारा जयगढ बजार सरसफाई

पछील्लो समय सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ट्रोल जयगढ अछामका सदस्यहरु समाजीक कार्यमा सक्रिय भएका छन । सामाजिक  संजाल फेसवुकमा ट्रोल जयगढ ग्रुप निर्माण गरि सक्रिय रहेका युवाहरुले समाजमा सकारात्मक सन्देश दिन बिभिन्न अभियान अगाढी बढाएका हुन ।

यसै बिच ट्रोल जयगढ समुहद्वारा जयगढ बजार सरसफाई गरीएको छ । समाजिक सँजाल फेसवुकमा सक्रिय समुह ट्रोल जयगढको आयोजना जयगढ बजार सरसफाई गरिएको हो । एड्मीन जनक राज उपाध्यायको नेतृत्वमा जयगढ बजारका बिभिन्न क्षेत्र रोड बजार,बिच बजार,एक्लेसल्ला,गैरीबजार,देवल बजार लगायतका क्षेत्रमा सरसफाई गरीएको हो ।

ट्रोल जयगढ अछामले आज पहिलो दिन बजारमा सरफाई गरेको र यो अभियान लाई प्रत्येक हप्ताको शनिबार सञ्चालन गरीनुका साथै अन्य समाजिक क्षेत्रमा रचनात्मक काम गर्ने उपाध्यायले बताउनु भएको छ । सरसफाई कार्यक्रम पशचात भएको कोण सभा कार्यक्रममा बोल्दै अभियान्ता जनकराज उपाध्यायले ट्रोल जयगढ एउटा फेसबुकमा मात्र सिमित नुहने र समाजिक कार्यमा अग्रसर हुने बताउनुभयो ।

जयगढ बजार दिन प्रतिदिन दुर्घन्धीत बन्दै गएर बाताबरणीय प्रभाव बढ्न थालेपनि कुनै निकायले चासो नदीदा ट्रोल जयगढ ग्रुपले अभियान सरसफाई अभियान थालेको उहाको भनाई छ । उहाँले सामाजिक क्षेत्रको अभियान लाई सफल बनाउनको लागी स्थानिय सरकार र सबै व्यापारि लगायत युवाहरुको साथ आश्यक रहेको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker