अछाममा चट्याङ लागेर हल गोरु मर्यो

अछाममा चट्याङ लागेर दुई गोरु मरेका छन ।
हिजो राति हावाहुरी र मेघ गर्जन सहीतको पानिसंगै परेको चट्याङ लागेर तुर्माखाँद गाउँपालिका वडा नं ७ तोषी दहखालका दले दमाईले पालेको एक हल गोरु मरेको हो ।
गोठमा बाँधेर राखेका गोरुलाई झ्यालबाट छिरेर चट्याङले हानेको प्रहरीचौकी तुर्माखाँदका ईन्चार्ज लालबहादुर बुढा एैरले जानकारी दिनुभयो । चट्याङबाट अन्य कुनै पनि क्षति नभएको उहाँले बताउनुभयो ।
पछिल्लो समय अछामका बिभिन्न ठाँउमा चट्याङको जोखिम बढीरहेको छ ।