Techie IT

चिनियाँ टोलीद्वारा दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान सुरु


 

चिनियाँ टोलीले दैलेखमा पेट्रोलियम पदार्थको औपचारिक अनुसन्धान सुरु गरेको छ ।पेट्रोलियम भण्डारणको महत्वपूर्ण स्थान हुनसक्ने दैलेखको पञ्चकोशी क्षेत्रको नाभिस्थानबाट चीन सरकारको टोलीले अन्वेषणको औपचारिक सुरुवात गरेको हो ।

चीन सरकारको विशेषज्ञ टोलीसहित नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अन्वेषणको औपचारिक सुरुवात गरे ।

शिरिस्थान र नाभिस्थानमा भएको ज्वालाको अनुसन्धानसँगै मन्त्री यादवले खोलामा बगेको पानीमाथि आगो बलेकोसमेत अध्ययन गरेका थिए । औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री यादवले कर्णाली प्रदेश धेरै सम्भावनाको क्षेत्र भएकाले पेट्रोलियम भण्डारणको औपचारिक सुरुवात भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा हुनेमा आशावादी रहेको बताए ।

उनले दैलेखकै युवालाई रोजगारीका लागि सरकारले निःशुल्क पढाउने र अन्वेषणको क्षेत्रमा विज्ञता प्रदान गराउन सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल र चीनबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अध्ययन सुरु भएको हो । चिनियाँ टोलीले जिओलोजिकल सर्वे, म्यागनेट सर्वे गर्ने र जमिनको १० किलोमिटर तलसम्म कति परिमाणमा पेट्रोलियम छ भनेर अध्ययन र अन्वेषण गर्ने छ । यसअघि २०७२ साल चैतमा चिनियाँ विशेषज्ञ टोलीले एक सातासम्म दैलेखमा गएर अध्ययन गरेको थियो ।dineshkhabar


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!