Techie IT

सामाजिक सञ्जालमा जाजातीय विवेद हुँदा पनि गृह मन्त्रालय मौनः जिम्मेवार युवा नेपालद्धारा ध्यानार्कषण


दिनेश केशी

सामाजिक सञ्जालमा जातीय बिवेद गरेकालाई कार्बाही नगेरेको भन्दै जिम्मेवार युवा नेपालले गृह मन्त्रालयको ध्यानार्कषण गराएको छ ।

प्रकाश सपुतको ‘गलवन्दी’ गितको विषयलाई लिएर सामाजिक सन्जाल फेशबूकमा जातीय भेदभाव हुने अप शब्द प्रयोग गरेको भन्दै कार्बाहीको माग गर्दै राष्टिय दलित आयोगले केहि दिन अगाडी ध्यानाकर्षण गराएको थियो ।

यसरी प्रकाश सपुतको फोटो प्रयोग गर्दै सिङ्गो दलित समुदाय माथी अपमान हुने गरि अपच शब्दको प्रयोग गर्दै जातयि हिंसा मच्चाईरहेको परिप्रेक्ष्यमा राष्टिय दलित आयोगले स्वयम गृहमन्त्रालयको ध्यानाकर्षण गर्दा पनि समन्धित निकाय बाट अपराधीक क्रियाकलाप फैलाउने ब्याक्तीलाई कानुनी दायरामा ल्याउन नसकेको र सोही ब्याक्तीले सामाजिक सञ्जालमा पटक पटक जातीय खलल पुग्ने शव्द दोहाराई रहेको अवस्थामा गृह मन्त्रालयनै मौन रहेको प्रती दुःख ब्यक्त गर्दै जातीय खलल पुग्ने अपराधिक क्रियाकलाप प्रती गृह मन्त्रालयको पुर्ण ध्यानाकर्षण गराउदै कडा भन्दा कडा कार्वाहीको माग गर्दै बिहिबार जिम्मेवार युवा नेपालले विज्ञप्ती जारी गरेको छ ।

उक्त विज्ञप्तीको पनि अवमुल्यन गरिएमा सिंगो दलित समुदाय आन्दोलनमा जान बाध्य हुने जिम्मेवार युवा नेपालका उपाध्यक्ष तथा सामाजिक अभियान्ता कर्ण विश्वकर्माले बताउनु भयो ।

नेपालको संबिधान अनुसार कुनै पनि ब्याक्तीलाई निजको उत्पत्ति,जात,जाती,समुदाय पेशा व्यावसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजि तथा सार्वजानिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनि लेखिएको छ ।

यस्तै उत्पति जात,जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने,जात जाति वा छुवाछूतको आधारमा सामाजिक भेद्भावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाईने छैन ।

यदि यसो गरेको खन्डमा नेपालको संविधानमा दाषीलाई भेदभावजन्य कार्य गम्भीर सामाजीक अपराधका रुपमा कानूनबमोजिम दण्डनिय हुने र पिडित ब्यक्तले कानून बमोजिम क्षतिपूर्ति पाउने व्यावस्था छ । नेपालको संविधान विपरित यस्ता अपराधीक क्रियाकलाप गर्ने र सामाजिक सञ्जालमै सिंगो दलित समुदायमा खलल पुग्ने शब्द लेख्ने ब्याक्तीले कानुनको दायरामा आउन जरुरी छ ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!