चौरपाटिलाई पुर्ण साक्षर गाउँपालिका बनाउन अभियान तिव्र

चौरपाटि गाउँपालिकालाई पुर्ण साक्षर गाउँपालिका बनाउन अभियान तिव्र पारिएको छ ।

यसै बिच बिहिबार गाउँपालिकाको वडा नम्वर २ सोकटलाई पुर्ण साक्षर वडा घोषणा गरिएको छ ।

बिहिवार एक कार्यक्रमका बिच चौरपाटि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले वडालाई पुर्ण साक्षर वडा घोषणा गर्नु भएको हो ।

साक्षर नेपाल,समृद्द नेपाल र सुखी नेपाली भन्ने मुल नाराका साथ कार्यवाहक वडा अध्यक्ष चुनुवा भुलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष साउँद प्रमुख अथिति रहनु भएको थियो ।

वडालाई पुर्ण साक्षर वडा घोषणा गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले वडामा साक्षरता अभियानलाई सफल पार्नु सवैको दायीत्व हुने बताउनु भएको छ ।

चौरपाटि गाउँपालिकामा पुर्ण साक्षर घोषणा संगै पुर्ण सरसफाई कार्यक्रम तिव्र पारिएको उहाले बताउनु भयो ।
शिक्षा संगै गाउँपालिकालाई पुर्ण सरसफाईयुक्त बनाउन सहयोग गर्न समेत साउदले आग्रह गर्नु भएको छ ।

सोकटको कुल जनसंख्या२१ हजार ६ सय ९८ मध्य २० हजार ७ सय ५७ जना साक्षर रहेको दावी गरिएको छ ।

८ सय १३ घरधुरि रहेको वडाका नागरिकहरु मध्य ९७ प्रतिशत नागरिक साक्षर भएसंगै वडालाई पुर्ण साक्षर वडा घोषणा गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker