अछाममा लाखौ खर्च गरिएका ग्रामिण सडक बर्षातमै ठिक्क

बर्षात सुरु भए संगै अछामका ग्रामिण सडकहरु अवरुद्ध भएका छन ।

बर्षातका कारण अछाम जिल्लाका बिभिन्न स्थानिय तहसँगै वान्निगढी जयगढ गाउँपालिकाका ग्रमाीण सडक अवरुद्ध बनेका हुन ।

ग्रामाीण सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या हुन थालेको छ । ग्रामीण सडक निर्माणका क्रममा भल बग्ने नाली नबनाईदा सडकहरु बर्षातका कारण अवरुद्ध भएका हुन ।

नागरीकहरुलाई सहज रुपमा सडक सञ्जालको पहुँचमा पुर्याउन उद्धेश्यले लाखौ खर्च गरिएका ग्रामीण सडक सातादिनको बर्षाका लागी ठिक्क भएका छन ।

अछाम जिल्लामा बातावरणीय प्रभावको मुल्याँकन बिनै मनपरी ढँगबाट निर्माण गरिएका सडक प्राय जसो बर्षा सुरु भएसँगै अवरुद्ध हुदै आएका छन भने सँचालनमा रहेको सडकमा समेत दुर्घटनामा उच्च जोखीम रहदै आएको छ । बजेट सक्ने उद्धेश्यका साथ असार महिनामा निर्माण गरिएका सडकहरुमा बर्षाले बढि क्षती पुगेको देखिन्छ ।

बर्षायामका कारण सडक अवरुद्ध भएपछि हिडडुलामा समस्या हुनुका साथै गाउँबस्ती नै जोखीमा पर्दै आएको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी बेल्पाटाका कृष्ण खड्काले बताउनु भएको छ ।

पहाडी ईलाकामा भौगोलिक बनावट नै भिरालो हुनु र त्यसैमा मनपरि ढँगबाट डोजर चलाउँदा प्रत्येक बर्ष बर्षाका कारण ग्रामीण सडह वरुद्ध हुदा सास्ती भईरहेको र यसको समाधानका लागी नालि सहितको सडक बनाउनु पर्ने बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका मान बहादुर स्वार को भनाई छ ।

यता गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले भने बर्षका कारण अवरुद्ध भएका गाउँपालिकाका मुख्य ग्रामीण सडकको स्तरोन्नती गरि सँचालनमा ल्याउने बताउनु भएको छ ।
भर्खरै निर्माण गरिएकासवै सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएपनि गाउँपालिकाका मुख्य गा्रमिण सडकहरुको स्तरन्नोतीका लागी गाउँपालिकाको डोजर प्रयोग गरि पहिरो पन्छ्याउने काम गरिरहेको उहाको भनाई छ ।

लाखौ खर्च गरेर निर्माण गरिएका ग्रामीण सडकहरु प्रत्येक बर्षको बर्षायामका लागी मात्रै ठिक्क हुनु दुःखद कुरा हो । रकम खर्च गर्ने बाहाना र पैशा कमाउने दाउमा बिकासे योजनाको रकम खर्च गर्नु भन्दा दिगो सम्म सँचालन हुने गरि पारदर्शी ढँगबाट काम गर्ने हो भने यस्तो समस्या हट्थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker