Techie IT

बान्नीगढी जयगढका २ सय ४३ जना बेरोजगारले रोजगार पाए


बान्निगढी जयगढ गाउँपालिकाका २ सय ४३ जना बेरोजगार युवाले रोजगार पाएका छन ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्र्तगत पहिलो चरणको कार्यक्रममा २ सय ४३ जना बेरोजगारले रोजगार पाएका हुन ।

गाँउपालिका सबै वडाबाट गरि १२ सय २१ जना युवाले आबेदन दिएकोमा ११ सय जना सुचिकृत भएका थिए ।

सुचिकृत भएका मध्येबाट दुई सय ४३ जनालाई छनोट गरेर काममा खटाईएको छ । काममा खटाईएका ब्यक्तीहरुले सडक मर्मत तथा गोरेटो बाटो निर्माणका काम गरिरहेको गाँपालिकाका रोजगार संयोजक रुपक ओझाले बताउनुभयो ।

गाँउपालिकाका बिपन्न,टुहुरा तथा आर्थीक अबस्था कमजोर भएकालाई बिशेष प्राथमिकताका साथ छनोट गरिएको उहाको भनाई छ ।

सुनौ यो कुराकानी……….


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस