बर्दियामा गाउँपालिकाको कार्यालयमा आगजनी

बर्दियाको गेरुवा गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
गएराति आएको अज्ञात समूहले गाउँपालिकाको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगजनीबाट गाउँपालिकाको कार्यालय र त्यहाँ राखिएका कागजात पूर्णरुपमा ध्वस्त भएका छन् । आगजानीको जिम्मेवारी कसैले लिएको छैन । तर, घटनास्थलमा नेत्रवित्रम चन्द नेतृत्वको नेकपाको भेरी कर्णाली ब्यूरोको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
यसैबीच आगलागी भएको थाहा पाएलगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय पाताभारको टोलीका ईन्चार्ज प्रहरी निरीक्षक यमबहादुर मल्ल छत लडेर घाइते भएका छन् ।
टाउकोमा गहिरो चोट लागेको उनलाई उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।imagekhabar
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस