Techie IT

भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरी र एक विप्लव कार्यकर्ताको मृत्यु


भोजपुरमा गोली चल्दा २ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राईको ज्यान गएको हो । राईको ज्यान गएपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउने चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको हो ।

गोली किन र कसरी चल्यो भन्ने अनुसन्धान भइरहेको छ । अहिले भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । उज्यालो ….


क्याटेगोरी : मुख्य समाचार, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस