देशभर बाढी र पहिरोमा ४३ जनाको मृत्यु , २४ जना बेपत्ता

लगातारको वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट ४३ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी पहिरोमा परेर शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाण्डौ, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३–३ जना, धादिङ, झापा, सिन्धुलीमा २–२ जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा चितवन र डोल्पामा १–१ जना गरी ४३ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । यस्तै, एक हजार एक सय ४ जनाको उद्धार गरिएको छ । महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाण्डौमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिरहामा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा १ एक हजार एक सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोमा परेर मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा १–१ जना गरी २० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । यसैगरी, सिन्धुली ६ जना, इलाम र मोरङमा ३–३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाण्डौ, ललितपुरमा १–१ जना गरी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य र बाढीबाट प्रभावितहरुको उद्धारको काम भैरहेको पनि प्रहरीले जनाएको छ ।ujyaaloonline
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस