आजदेखि प्यान नम्बर विना तलब दिन नपाउने

आजदेखि कुनै पनि फर्म वा निकायले स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर बिना तलब दिन नपाउने भएका छन् ।

प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिए त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन नपाउने व्यवस्था गरिएको आन्तरिक राजश्व विभागले जनाएको हो ।

आयकर ऐनमा कर्मचारीलाई तलब दिदाँ प्यान अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएकाले प्यान अनिवार्य गरिएको विभागका प्रवक्ता यज्ञ ढुंगेलले सीआईएनसँग बताउनुभयो । अहिलेसम्म नौ लाखले मात्र प्यान नम्बर लिएको विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले अहिलेसम्म नौ लाख २३ हजार तीन सय ५६ प्रतिष्ठान रहेका देखाएको छ । स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा छ ।

यसैबीच, आजदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउनदेखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि आजबाट सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।cin

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker