वडाध्यक्षद्धारा ९ वर्षीय बालक कान फुट्ने गरी कुटपिट

दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले ९ वर्षीय बालक भरत घर्ती मगरको कानको जाली फुट्ने गरेर हिर्काएका छन् ।

बुधबार राति करीव ९ बजे घोराही नगरपालिकाको शान्तिनगरस्थित वडाध्यक्ष सार्कीको घरको फूल टिपेको आरोपमा बालकलाई कुटपिट भएको थियो । कुटपिटबाट बालकको कान सुन्निएको छ भने गाला र चन्नीमा निलडाम रहेको उनकी आमा रैमता घर्ती मगरले जानकारी दिइन् ।

तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वा्चित सर्कीले बास्तविकता बुझ्दै नबुझी बालकलाई कुटपिट गरेपछि विरोध भएको छ । सार्कीलाई कारबाहीका लागि ठूलो दवाव परेको छ ।

तर, सत्तारुढ दल नेकपा निकटका सार्कीलाई कारबाही नगर्न प्रहरीलाई दवाव परेको स्रोतले जनाएको छ । वडाध्यक्षले नै बालकलाई कुटपिट गरेपछि आमा रैमता र छिमेकी महिलाहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीसँग उनीहरूले कारबाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker