जबरजस्ती करणी गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

रौतहट प्रहरीले बलात्कारको आरोपमा एक जना प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

बारा जिल्ला महागढीमाई नगरपालिका घर भएका प्रहरी सहायक निरीक्षक साहमाथि गत असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ ।

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरी नायव उपरीक्षक कबित कटुवालले बताए ।imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker