Techie IT

डढेलो नियन्त्रण सन्जाल जयगढ कलस्टरको डिभिजन वन कार्यालयद्धारा उच्च प्रसंसा


दिनेश केशी,अछाम

डढेलो नियन्त्रण सन्जाल जयगढ कलस्टरको आयोजनामा वन ब्यावस्थापन,वाताबरण अभिमुखिकरण तथा डढेलो नियन्त्रण समन्धी अभिमुखीकरण कार्यक्रम वान्नीगढी जयगढ गाउँपालीकामा आज सम्पन्न भएको छ ।

पछिल्लो समय बढ्दो जनसंख्या बृदी संगै बनजंगल मासिने क्रम बढिरहेकाले यसकको रोकथाम तथा न्युनिकरण गर्नकालागी समुदायको भुमिकाका बिषयमा छलफल गरिएकको थियो ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्दै सुरुमा डिभिजन वन कार्यालय अछामका अधिकृत नारायण देव भट्ट र साहायक अधिकृत बिमल चन्दले बन डढेलो नियन्त्रण समन्धी अपनाउनु पर्ने सावधानी को बारेमा प्रस्ट पार्नु भएको थियो ।

वन सबैको एक अमुल्य नविकरणीय सम्पपती भएकाले एउटा रुखको काठबाट हजारौ सलाईका काटीहरु बन्छन भने एउटा सलाईको काटीबाट सल्केको आगोले वनजंगलमा भएका हजारौं रुख विरुवा,बहुमुल्य वनस्पती नोक्सान गर्नुका साथै जिवजन्तु र तिनिहरुको वासस्थान नस्ट गर्नुकका साथै डढेलो भु–क्षय एवम बाढी पहिरो संगै गाउँघरमा समेत नोक्साानी पुर्याउने भएकाले बनजंगल जोगाउन डढेलो नियन्त्रण गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।

वनजंगलमा डढेलो लागीहाले पहिले डढेलो नियन्त्रण सञ्जाल सक्रिय हुने र त्यसपछि समुदायलाई खबर गरि नियन्त्रण गर्ने कुरामा अधिकृत भट्टले प्रस्ट पार्नु भएको थियो । डढेलो नियन्त्रण सन्जाल जयगढ कलस्टरका संयोजक तिलक खत्रीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अथिती बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बः खड्का रहनु भएको थियो ।

प्रमुख अथितीको आसनबाट बोल्दै खड्काले बनजंगल संरक्षण एवम प्रयटन प्रवधनमा जयगढ कलस्टरले सह्रानिय काम गरेको प्रति प्रसंसा गर्नु भयो । बनजंगल आफ्नो बहुमुल्य सम्पती भएकाले बनजंगलको संरक्षण एवम सम्बर्दन गर्न सबैको दायित्व भएकाले सबैले एकजुट भएर पर्यटन प्रवधन गर्नमा जोड दिनु पर्ने र भर्खरै बृक्षारोपण गरेका ठाउँहरुमा पशुचौपाया चरिचरन गर्न रोक लगाउने पनि उहाँले बताउनु भयो । एक छुट्टै प्रसंगमा बोल्दै अध्यक्ष खड्काले सामाजिक सम्पत्तीमा अनियमित गर्ने र बनजंगल सखाप पार्ने नियतले कसैले डढेलो लगाउँछ भने त्यस्ता ब्याक्तीलाई सहि ट्याकमा ल्याउने र कानुन बोमोजिम कार्बाही गर्ने अध्यक्ष खड्काले उल्लेख गर्नु भयो ।

कार्यक्रममा अन्य अथितीहरु गाउँपालिकाका निमित्त अधिकृत बसन्त रावल,प्रहरी चौकी जयगढका हवल्दार धन बः कैला,जयगढ कलस्टर सदस्य कृष्ण राज उपाध्या,एकेन्द्र तिमिल्सेना, लगायत सम्पुर्ण सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जयगढ कलस्टर सदस्य हेमराज साउँदले गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!