अछाममा २ वडा नेपालमै पहिलोपटक पोषणमैत्री घोषणा

होम साउद ६ साउन, साफेबगर

नेपालमै पहिलोपटक अछामको साफेबगर नगरपालिकाका २ वडा पोषणमैत्री वडा घोषणा भएका छन । नगरपालिकाको वडा नम्वर १ बैजनाथ र वडानम्वर ६ भागेश्वरलाई पोषण मैत्री घोषणा गरिएको हो । साफेबगर नगरपालिकामा आयोजित संयुक्त कार्यक्रममा पुर्व उपप्रधानमन्त्री भिमबहादुर रावलले पोषणमैत्री नमुना घर प्रदर्शन गर्दै नेपाकै पहिलो पोषणमैत्री स्थानीय शासन वडा घोषणा गर्नुभयको थियो ।

पोषणमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने सबै ७१ वटा सुचक पूरा भएपछि औपचारिक समारोहका विच घोषणा गरिएको जनाईयको छ । नगरपरमुख कुलबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवर र सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदि बिशिस्ट अतिथि रहनुभयको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य हर्कबहादुर कुवर, मिना साउद,जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवर, नेकपाका जिल्ला सचिव झपट साउद, बडिमालिका नगरपालिका बाजुराका प्रमुख पदम बढुवाल, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ लगाएतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम पोषणमैत्री घोषणा भएका वडानम्वर १ का अध्यक्ष अमर शतह र ६ का अध्यक्ष प्रेमराज शर्माले वडागत पोषण अवस्थाबारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगर उपप्रमुख बिरमला बुढथापाले स्वागत मन्तब्य राख्नुभएको घोषणा कार्यक्रमको सञ्चालन सुरत बहादुर खड्काले गर्नुभएको थियो ।

देशभरका ३० जिल्लाका ३०८ स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन कार्यक्रममा चलिरहेकोमा अछामको साफेबगर नगरपालिकाका २ वटा पहिलोपटक पोषणमैत्री घोषणा हुन सफल भयका हुन । साफेबगर ६ भागेस्वर यसअघि नेपालकै पहिलो छाउगोठ मुक्त र पुर्णखोप युक्त वडा समेत घोषणा भएको रेकर्ड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker