३७ औ विपि स्मृति दिवसको अवसरमा अछाममा वृक्षारोपण
विपीका बिचारलाई आत्म साथगरि अघि बढ्नुपर्नेमा जोड

३७ औ विपि स्मृति दिवसको अवसरमा नेपाली काग्रेस अछामले पार्टी कार्यालयको परिसरमा वृक्षारोपण गरेको छ ।
वृक्षारोपण गरिसकेपछि भएको बिचार गोष्ठीमा बोल्दै पार्टी सभापति भरत कुमार स्वारको अध्यक्षतामा भएको भएको कार्यक्रममा पुर्व पार्टी सभापति कर्ण बहादुर केसी , महासमिति सदस्य बल बहादुर कुवर, पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगाना, महाधिवेशन प्रतिनिधि अञ्जुमल्ल शाह, पार्टी सहसचिव वेदप्रकाश तिमल्सिना, जिल्ला समन्वय समिति अछामका संयोजक नर बहादुर कुवर, उप संयोजक टोप बहादुर रावल, कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्ट , बान्निगढि जयगढ गाउपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का , नेपाली काग्रेसका क्षेत्रिय सभापति लक्ष्मण शाही , क्षेत्रिय सचिव रबिन्द्र साउद, महिला संघ अछामका अध्यक्ष पुर्णा शाह, नेविसंघका पुस्प बहादुर बिष्ट लगायतले मन्तब्य राख्दै विपीका बिचारलाई आत्म साथगरि अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नेपाली काग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाको स्वागत मन्तब्य बाट सुरूभएको कार्यक्रमको संञ्चालन टक्कर ताम्राकारले गर्नुभएको थियोे ।