बुढीगंगा जलविद्युत आयोजना अध्ययनको २४ वर्ष बित्योः अँझै बनेन डिपिआर

अछामको बुढीगंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको २४ वर्ष सम्म पनि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार हुन सकेको छैन्।

सरकार आफैले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो तर अहिले सम्म विस्तृत परियोजना प्रतिवेदन तयार नभएको हो। बुढीगंगा जलविद्युत आयोजनामा सरकारले साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना रहेको छ। अष्ट्रेलीयन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बुढीगंगाको डिपिआर बनाउने जिम्मा पाएका थिए तर पटक–पटक समय थप गरिएपनि डिपिआर तयार भएको छैन्।

तर बुढीगंगा जलविद्युत आयोजनाकी प्रवक्ता ईन्जिनियर पुनम पाण्डेयले डिपिआर बनाउने काम अन्तीम चरणमा पुगेको बताईन्। उनले अबको २० दिन भित्र डिपिआर निर्माणको काम पूरा हुने दावी गरिन्। सरकारी स्तरबाट हुने वेवास्ता र यस क्षेत्रबाट राष्ट्रिय राजनितिमा दख्खल राख्ने नेताहरुको उदासीनताका कारण बुढीगंगा जलविद्युत आयोजना २४ वर्ष सम्म पनि अन्योलताको भुमरीमा परेको हो। जलविद्युत आयोजनाको डिपिआर समेत तयार नभएपछि अहिले आयोजना स्थल सम्म पुग्ने ७ सय ६७ मिटर सडक, पुल निर्माण भईरहेको छ भने कार्यालय भवनको निर्माण सम्पन्न भएको छ।

अध्ययन सुरु भएको २४ वर्ष सम्म पनि जलविद्युत आयोजनाको डिपिआर तयार नभएपनि २०८० भित्रै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker