जिवितै एक दम्पतीको हातमा गाउँपालिकाद्धारा मृत्यु दर्ताको प्रमाणपत्र

कालिकोटको भगवतीमाई गाउँपालिकाले जिवितै रहेका एक दम्पतीलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाएको पाइएको छ । भगवतीमाई गाउँपालिकाको वडा नं. ४ का मनिराम खत्री र उहाँका श्रीमतीलाई मृत्यु दर्ताको प्रमाणपत्र बुझाएको पाइएको हो ।

गएको मंसिरमा वृद्धभत्ताका लागि कागजात मिलाइदिन भनेर बुवा आमाले गाउँपालिकामा कागजात पेश गरेपनि गएको असार १० गते मनिरामको दम्पतीलाई मृत्यु दर्ताको प्रमाणपत्र दिइएको छोरी नानकला केसीले जानकारी दिनुभयो । वडा सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाले गर्दा यस्तो गलत प्रमाणपत्र दिइएको उहाँले बताउनुभयो । असार २७ गते बाँडिएको वृद्धभत्ता लिन जादाँ जिवितै आफ्ना बुवा आमालाई मृत्यु दर्ताको प्रमाणपत्र दिएको सार्वजनिक भएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर थापाले प्रमुख प्रशासकीय अधिकृतलाई छानविन गर्न निर्देशन दिइसकेको बताउनुभयो । अध्यक्ष थापाले आफुले हिजोमात्र जानकारी पाएको बताउँदै जिउँदै मान्छेलाई मृत्यु दर्ताको प्रमाणपत्र दिइनु गम्भिर गल्ती भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker