Techie IT

आमाकै सहयोगमा १५ दिनसम्म दलित बालिका बलात्कृत


धनुषको महोत्तरी भंगहा नगरपालिकाकी एक दलित बालिका आमाकै सहयोगमा बलात्कृत भएको घटना बाहिरिएको छ ।

भंगहा नगरपालिका ६ की १२ वर्षकी बालिका उनकै आमाको सहयोगमा बलात्कृत भएकी हुन् । जेठ २७ गते छिमेकका ४० वर्षीय सियाराम महतोले बालिकाको आमाकै सहयोगमा दिल्ली र्पुयाएर बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिकाको आमाको सियारामसँग हिमचिम भएका कारण आमाले छोरीलाई सियारामसँगै दिल्ली लिएर गएकी थिइन् । सियारामले दिल्लीको एउटा कोठामा बन्धक बनाइ आफूलाई १५ दिनसम्म यौन शोषण गरेको बालिकाले बताएकी छिन् ।

छिमेककै सियारामले आमाछोरीलाई दिल्ली लगेको थाहा नपाउँदा आफन्तले खोजी गरेका थिए । बालिकाकी ठूली आमाले दुवै जनालाई सियाराम र उनका बुवा रामाशिष महतोले दिल्ली लगेको भन्दै फिर्ता ल्याइदिन भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले कारबाही अगाडि बढाएपछि गएको असार १६ गते सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । तर बालिकाले प्रहरीमा सियारामविरुद्ध करणीको उजुरी दिएपछि सियाराम र बालिकाकी आमा फेरि फरार भएका छन् ।


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!