Techie IT

दैलेखको राकममा बस दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु


दैलेखको राकम कर्णालीमा बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा आठविस नगरपालिका–५ की धिर्जा माझी रहेको प्रहरीले जानकारी दिएको छ। राकम बजारबाट खिड्की ज्युला जाने क्रममा जिरोप्वाइन्ट नजिक मंगलबार बिहान ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो ।

‘सडकबाट करिब ५० मिटरको दूरीमा बस पल्टिएको छ,’ प्रत्यक्षदर्शी प्रेमा रोकायले भनिन्, ‘एक जना बसको तल च्यापिएको देखिन्छ निकाल्न सकिएको छैन।’ थप बिबरण आउन बाक िरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस