वर्षायाम शुरुभएसंगै अछामका ग्रामीण सडकहरु अबरुद्ध (अडियो सहित )

वर्षायाम शुरु भएसँगै अछामका अधिकांस सडकहरु ठप्प बनेका छन् । बाढी पहिरो तथा चोटीलो भलका कारण सडकहरु अबरुद्ध बनेका हुन् । केही महिना अघी मर्मत गरिएका तथा हालसालै ट्याक खोलिएका ग्रामीण सडकहरु केहिदिनदेखीको लगातारको वर्षाका कारण सवारीसाधन चल्न नसक्ने गरी ठप्प भएका हुन ।
जिल्लाका दश वटै स्थानिय तहका ग्रामिण बस्तिहरुलाई छोएका सडकहरु अबरुद्ध भएपछि स्थानिय नागरिकले असहजता उत्पन्न भएको गुनासो गरेका छन ।
सडकहरुमा सवारीसाधन आवतजावत बन्द भएपछि सडक यातायातको सुविधावाट बञ्चित बनेको उनिहरुको गुनासो छ । यसैबिच जिल्लाको बान्निगढी जयगढ गाँउपालिकामा बर्षाले अबरुद्ध भएका अधिकांस ग्रामिण सडकहरु ठप्प भएका छन । गाँउपालिकाका जयगढ नन्देगडा मेल्लेख , जयगढ छातासैन सुतार लगाएतका सडकहरु अबरुद्ध भएका हुन । जयगढ नन्देगडा मेल्लेख सठकखण्डका अधिकांस स्थानमा मानब आवतजावतमा समेत निकै कठिनाई भएको बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ का स्थानिय दिपक ठकुल्लाले बताउनुभयो । उहाँले सडकमा हिड्दा ज्यानको बाजि राखेर हिड्नुपर्ने स्थिती सृजना भएको दुखेसो गर्नुभयो ।
यता गाँउपालिका उपाध्यक्ष लोक बहादुर साँउदले भने बर्षाका कारण अबरुद्ध सडक तत्काल सुचारु गर्ने बताउनुभएको छ । प्राकृतिक बिपदहरु रोक्न नसकिने तर अबरुद्ध सडक तत्काल सुचारु हुने कुरामा निश्चिन्त रहन उहाँले उहाँले गाँउपालिका बासीलाई आग्रह गर्नुभएको हो ।
यसैबिच आज हामीले बर्षायामसंगै अबरुद्ध भएका बान्निगढी जयगढ गाँउपालिकाका सड्कका बिषयमा गाँउपालिका उपाध्यक्ष लोक बहादुर साँउदसंग कुराकानि गरेका छौँ । कुराकानिको सुरुमा उहाँलाई हामीले गाउँपालिकाका ग्रामिण सडकहरु अबरुद्ध भएको कुरा तपाईलाई कत्तिको जानकारी छ भनेर सोधेका छौँ ।
कुराकानि लोक बहादुर साउँद ……………।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस