साँफेबगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम:१४ वटै वडामा २१ प्रकारका आयोजना सञ्चालन

प्रधानमन्त्री रोजगार कार्यक्रम साँफेबगर नगरपालिकाको लागि उपलब्धी मूलक भएको स्थानिय निर्देशक समितीले निकर्ष निकालेको छ । नेपाल सरकारले वेरोजगार यूवाहरुलाई बर्षको एक सय दिन रोजगार दिने उद्धेश्यले ऐन पारित गरे पनि वजेट ढिलो निकासी तथा कार्यक्रम ढिलो सुरु हुदाँ गत आर्थिक बर्ष २०७५र०७६ मा एक महिना अर्थात तिस दिन रोजगारको ब्यवस्था मिलाएको थियो ।
रोजगार कार्यक्रमले नगरपालिकाका १४ वटै वडामा २१ प्रकारका आयोजना सञ्चालन गरेकोमा सबै योजनाका काम पार्दशि रुपमा सम्पन्न भएको स्थानिय निर्देशक समिती सदस्य तथा वडा नं।९ का अध्यक्ष धुर्व बहादुर थापाले जानकारी दिनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रमले नगरपालिकामा गोरेटो वाटो मर्मत, रिचार्ज पोखरी निर्माण, सडक मर्मत तथा सडक नाली मर्मतका काम भएका छन ।
यस्तै खानेपानी पाईप लाईन मर्मत, पिपल चौतारा मर्मत तथा निर्माण, ग्याविन भर्ने, सिचाई कुलो निर्माण, विद्यालय र सार्वजनिक स्थलका घेरा पर्खाल मर्मत तथा निर्माणका काम गरिएको स्थानिय निर्देशक समिती साँफेबगरले जनाएको छ ।
रोजगार कार्यक्रमका लागि वडा नं। १ बैजनाथमा ३ लाख लागतमा गैरागाँउ सडक मर्मत, वडा नं। २ जाल्पादेविमा ४ लाख लागतमा सरस्वती निमावि हुदै नवा घर गोरेटो वाटो मर्मत तथा निर्माण गरेको छ । यस्तै वडा नं। ३ सिद्धेश्वरमा ५ लाख रकममा गोरेटो वाटो निर्माण, वडा नं। ४ मष्टामाण्डौमा ४ लाख लागतमा गोरेटो बाटो निर्माण, वडा नं। ५ मा ४ लाख लागतमा दहपाटा गोरेटो वाटो निर्माण गरिएको छ ।
रिर्चाज पोखरी निर्माण गरिदै
वडा नं। ६ भाग्येश्वरमा रिचार्ज पोखरी निर्माण, वडा नं। ७ रिडिकोटमा भ्वानथान पिपल चौतारा निर्माण र डोडर पटकानी निर्माण तथा मर्मत गरिएको छ । यस्तै वडा नं। ८ चण्डिकामा गोरेटो वाटो निर्माण, वडा नं। ९ बुढाकोटमा रिचार्ज पोखरी, सरस्वती प्रावि चौरपिपलको घेरा पर्खाल, गोरेटो वाटो मर्मत तथा निर्माण गरिएको थियो ।
यस्तै वडा नं। १० घुघुरकोटमा ६ लाख लागतमा निर्माण सडक नाली कटान टोलवाटो मर्मत गरिएको छ । वडा नं। ११ देविस्थानमा ३ लाख लागतमा हंशवाहिनी देखि बेलगंगा र कुलापानी गोरेटो वाटो निर्माण तथा मर्मत, वडा नं। १२ खप्तडमा ३ लाख लागतमा पधेरीखोला देखि सुनखोला सम्म सिचाई कुलो निर्माण,
वडा नं। १३ बाब्लामा सडक मर्मत, खानेपानी पाईप लाईन मर्मत गरेको छ भने वडा नं। १४ पातलकोटमा भेरी खोला देखि बटैला सम्म र बाहन देखि सम्झना वजार सम्म गोरेटो बाटो मर्मत गरिएको स्थानिय निर्देशक समिती सदस्य थापाले जानकारी दिनुभयो ।
गोरेटो बाटो मर्मत
रोजगार कार्यक्रमबाट २ सय ६२ महिला र १ सय ३५ पुरुष गरी ३ सय ९७ जनाले तिस दिनको रोजगार पाएका थिए । रोजगार कार्यक्रमबाट दैनिक ५ सय १७ रुपैयाका दरले ज्याला पाएका थिए । प्रधानमन्त्री रोजगारका कार्यक्रमका लागि साँफेबगर नगरपालिकामा श्रम रोजगार तथा सामाजिक मन्त्रालयबाट ५८ लाख वजेट छुट्याईएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक आशा चौधरी जानकारी दिनु भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम नेपाल सरकारले गत आर्थिक बर्षमा विभिन्न कारण बस ढिलो भएका कारण ३० दिन मात्र काम भए पनि चालु आर्थिक बर्षमा एक सय दिन काम हुने रोजगार संयोजक चौधरी बताउनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस