कक्षा १२ को नतिजा आज साँझ सम्म सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा संचालित कक्षा १२ को नतिजा आज ९सोमबार० साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशितगर्ने सम्भावना रहेको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘लगभग धेरैजसो तयारी पूरा भएको छ, काम गर्दागर्दै कुनै प्राविधिक बाधा अवरोध नभए नतिजा सार्वजनिक गछौं ।’ कक्षा १२ को नजिता प्रकाशित गर्न बोर्डको बैठकसोमबारदिउँसो ४ बजेलाई डाँकिएको सदस्यहरुले बताएका छन् ।
परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो । मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए । गतवर्षदेखि सबै संकाय र विषयको रिजल्ट एकैदिन गर्ने गरिएको छ । त्यसअघि विज्ञान संकाय र अन्यको छुट्टाछुट्टै दिनमा नतिजा प्रकाशन हुन्थ्यो ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस