पञ्चदेवल बिनायक नगरपालीकाका स्वास्थ्य संस्थाहरु :कतै खानेपानीको समस्या,कतै चुहिने भवन ,कतै जनप्रतिनिधीको मनपरि

दिनेश केशी, अछाम
पञ्चदेवल बिनायक नगरपालीकाका स्वास्थ्य संस्थाहरुमा प्रभावकारी सेवा दिन नसक्दा सेवागा्रही मारमा पर्ने गरेका छन । स्वास्थ्य संस्था जस्तो संबेदनशिल क्षेत्रमा कतै खानेपानीको समस्या त कतै चुहिने भवनको समस्या,त कतै जनप्रतिनिधीको मनपरी ले सोचे जस्तो सेवा दिन नसकेको स्वास्थकर्मीले बताएका छन ।
पञ्चदेवल बिनायक नगरपालीका वडा नम्वर १ कुईका स्वास्थ्य चौकीमा भवनको अभाव, उपकरणको अभाव र खानेपानीको समस्या कायमै रहेको स्वास्थ्य चौकी ईन्चार्ज भरत बः खत्री ले बताउनु भयो ।
यस्तै नगरपालीकाको केन्द्रमा रहेको विनायक स्वास्थ्य चौकीमा पनि खानेपानीको समस्या कायमै रहेको छ । सुत्केरी भत्ता पनि नगरपालीकाले समयमै नदिदा ६ महिना पछि दिनु पर्ने बाध्यता रहेको ईन्चार्ज उमेश साहुले बताउनु भयो ।
यस्तै वडा नम्वर ४ कालिकास्थानमा स्वास्थ्य संस्थाबाट गाउँघर किलिनिक को भवन नहुदा खुल्ला ठाउँमा स्वास्थ्य सेवा दिनु पर्ने बाध्यता रहेको निमित्त ईन्चार्ज राजेन्द्र बिष्टले बताउनु भयो ।
यस्तै वडा नम्वर ५ लयाँटी स्वास्थ्यचौकीमा खानेपानीको समस्या हुँदा सेवागा्रहीलाई समस्या हुने गरेको छ । स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा कोठा नहुदा सबै सेवा एउटै कोठाबाट उपलब्भ गराउनु पर्ने बाध्यता रहेको ईन्चार्ज जनक बः बुढाले बताउनु भयो ।
वडा नम्वर ६ तोली स्वास्थ्य चौकी पनि बिभिन्न समस्याले अल्झिएको छ । स्वास्थ्य चौकीमा सौचालय नहुदा खल्ला ठाउँमा सौच गर्न पर्ने बाध्यता रहेको छ । पर्याप्त मात्रामा औषधी नहुदा बिरामीलाई निजि स्वास्थ्य संस्थामा पठाउनु पर्ने बाध्यता रहेको ईन्चार्ज राधीका शाहीले बताउनु भयो ।
यस्तै वडानम्वर ७ पुल्लेतोलामा भौगोलिक बिकटताले सोचे जस्तो सेवा दिन नसकिएको र कार्यालय सहयोगी नहुदा दैनिक कार्यालय सञ्चालनमा समस्या हुने गरेको ईन्चार्ज गोकर्ण बयकले बताउनु भयो ।
यस्तै वडा नम्बर ८ बारला स्वास्थ्य चलौकी जुन नगरपालीकाको प्रथम हुन सफल भएको स्वास्थ्य संस्थामा राजनितिक चलखेल बढेको पाईएको छ । बारला स्वास्थ्य चौकीमा गुणस्तरिय सेवा प्रदान गर्न खोज्दा खाज्दै पनि बारलामा कर्मचारी सरुवा गर्ने प्रबृती बढेको ईन्चार्ज बिजय कुमार शाहाले बताउनु भयो । स्वास्थ्य संस्थाको खाता सञ्चालनदेखि अन्य कुराहरुमा वडाअध्यक्षले नै मनपरि गर्ने गरेको नगरपालीका स्तररिय स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्टीकार्यक्रममा बारला स्वास्थ्य चौकी ईन्चार्ज बिजय कुमार शाहाले खुलासा गर्न भएको हो ।
वडा नम्वर ९ कालेकांडामा आफ्नै भवन नहुदा सेवा प्रभाहमा समस्या हुने गरेको छ । भएको भवन पनि चुहिने हुँदा उपकरणमा खिया लाग्ने र बिग्रने समस्याले सेवागा्रहीलाई सेवा दिन निकै कठिनाई हुने गरेको स्वास्थ्यचौकी ईन्चार्ज निर्मला कुमारी सिंहले बताउनु भयो । नजिकै अविरल बगीरहेको कर्णाली नदि हुँदा पनि स्वास्थ्य चौकीमा खानेपानीको हाहाकार र सौचालयको अभावले सेवागा्रही मारमा पर्ने गरेका छन । स्वास्थ्य संस्थामा पर्याप्त ईस्टेचर नहुँदा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन र लैजान निकै कठिनाई भएको ईन्चार्ज सिंहले बताउनु भयो ।
स्वास्थ्य संस्थामा आन्तरिक समन्वको अभाव र पर्याप्त मात्रामा बजेट विनियोजन नहुँदा पनि यस्तो सास्या हुने गरेको जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बताउनु भयो । श्रावण १४ र १५ गते पञ्चदेवल बिनायक नगरपालीकामा भएको बार्षीक स्वास्थ्य समिक्षा कार्यक्रममा बोल्दै ढुङ्गानाले मानिस शारिरिक, मानसिक, सामाजिक,भावनात्मक, रुपमा स्वस्थ भए मात्र सुखी नेपाल सम्बृद नेपालमा ठुलो टेवा पुग्ने कुरामा उहाँले जोड दिनु भयो । स्वास्थ्य संस्थामा हुने गरेका बिभिन्न चुनौती र जटिलतालाई मध्यनजर गर्दै सहजताको बाटो अपनाउने अधिकृत ढुंगानाको भनाई रहेको छ ।
स्वास्थ्य संस्थामा भईरहेको अनियमितता र बेथिती अन्त्य हुन जरुरी रहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस