गाग्रो छुदा दैलेखमा एक महिलामाथी कुटपिट , अपराधी जोगाउन राजनीतिक चलखेल

दैलेख । नेपालको संबिधानले जातीय बिभेदलाई गैरकानुनी मानेको छ । तर, कानुनी रुपमा अपराध मानिएको जातीय बिभेद तथा छुवाछुतका घटना दिनहुँ हुँदा पनि सरकार बेखवर जस्तै बनेको छ । पछिल्लो पटक दैलेखमा धारामा गाग्रो छोएको निहुँमा एक दलित महिला कुटिएकी छिन् । नारायण नगरपालिका, १० भवानीकि ३५ वर्षीया लछिमा सुनारलाई धारामा गाग्रो छोएको भन्दै स्थानीय राजकुमारी न्यौपानेले निर्धातरुपमा कुटपिट गरेकी थिइन् ।
यो घटना गत बैशाख ११ गते भएको थियो । तर, अहिलेसम्म आरोपित न्यौपानेलाई कुनै कारवाही नभएको पीडितको गुनासो छ । पीडत सुनारले आफुमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा मुद्दा दर्ता गराएकी थिइन् । मुद्धा दर्ता गराए पनि प्रहरीले अपराधीलाई पक्राउ नगरेको पीडितको आरोप छ । यता, आरोपित राजकुमारी न्यौपाने फरार भनिएको कारण पक्राउ गर्न नसकिएको प्रहरीको भनाई छ ।
आरोपीलाई पक्राउ गरि कानुनी कार्वाही गर्नुको साटो राजनीतिक दल र जनप्रतिनिधिहरु घटनालाई मिलापत्रमा टुङ्ग्याउनका लागि यतीबेला छलफमा जुटेका छन् । नारायण नगरपालिकाका वडाध्यक्ष लोकबहादुर थापाले भने आफुहरुले मिलापत्रको लागि दवाब नदिएको बताएका छन् ।
दियोपोस्टसंगको कुराकानीमा वडाध्यक्ष थापाले पीडितहरु नै मिल्न खोजेको बताए । ‘घटनालाई दुबै पक्षमार्फत खुकुलो बनाउने प्रयास भएको छ’उनले भने । तर, पीडितलाई आर्थिक लोभमा पारेर घटनालाई सामसुम पार्न खोजिएको प्रष्ट देखिन्छ । यो विषयमा कुराकानी गर्न खोज्दा वडाध्यक्ष थापाले मिलापत्र गर्न नखोजिएको तर पीडितलाई कसरी क्षतिपुर्ती प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘पीडितले न्याय र पीडकले प्रचलित कानुनअनुसार कारवाही भोग्नुपर्छ ।’
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस