ओली र प्रचण्डलाइ बाबुरामको झट्का: “आफुलाई कम्युनिष्ट भन्न लाज लाग्दैन ?”

काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि आक्रोश पोखेका छन् । ‘सरकारी उद्योगमा धमाधम प्रहरी व्यारेक’ शिर्षकमा नयाँ पत्रिकामा प्रकाशित समचारको विषयमा भट्टराई आक्रोशित बनेका हुन् ।

उनले ट्वीट गर्दै कलकारखाना बन्द गरेर अर्बौंका सम्पत्ति र अमूल्य पूर्वधारको दुरुपयोग हुनुभन्दा बढी लज्जास्पद के हुन सक्छ ? भन्दै प्रश्न गरेका छन् । उनले आफुलाई कम्युनिस्ट भन्ने पार्टीको नेतृत्वमा यस्तो काम हुनु अझ लज्जाको विषय भएको टिप्पणी गरेका छन् । ‘आफुलाई‘कम्युनिस्ट’भन्ने पार्टीको नेतृत्वमा सरकार भएको देशमा कलकारखानाहरू बन्द गरेर अर्बौंको सम्पत्ति र अमूल्य पूर्वाधारको यस्तो दुरूपयोग हुनुभन्दा बढी लज्जास्पद कुरा के हुनसक्छ? समृद्धिका ठूला गफ छाँट्नुसट्टा यी रूग्ण उद्योगलाई जुनसुकै मोडेलमा भए पनि सन्चालन गर्नेतिर ध्यानदिऊँ न !’

नयाँ पत्रिकाले शुक्रबारको अंकमा कृषि औजार कम्पनीमा सशस्त्र प्रहरीको गुल्म, विराटनगर जुटमिलको क्वार्टरमा सशस्त्र, हेटौँडा कपडा उद्योगमा सशस्त्रको गुल्म र गण, बुटवल धागो कारखानामा दंगा प्रहरी र वीरगन्ज चिनी कारखानामा प्रहरी र उच्च अदालत रहेको समचार प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker