अछाम प्रहरीे घरेलु तथा अबैध मदिरा नियन्त्रणमा सक्रिय

अछाम प्रहरीले घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियानलाई थप तीव्र पारेको छ ।
मदिरा सेवनका कारण समाजमा विभिन्न हींसाका घटनाहरुमा वृद्धी हुनुका साथै विकृती जन्य घटनाहरु बढेको भन्दै प्रहरीले गस्ती टोली मार्फत न्युन गुणस्तरको मदिरा नियन्त्रणको अभियान थालेको हो ।
अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय अछाम मातहत जिल्लाको प्रहरी चौकी सिउडी बाट खटिई गएको गस्ती टोलीले चौरपाटीका स्थानीयका घर तथा पसलबाट बरामद गरेको घरेलु तथा अवैध न्युन गुणस्तरको मदिरा सनिवार नष्ट गरीएको छ । चौरपाटी गाउँपालिका वडा नम्वर २ का कृष्ण बहादुर साउदको, वडा नम्वर १ का शेर बहादुर थापाको पसलमा लुकाई छिपाई राखेको अवस्थामा अवैध न्युन गुणस्तर खालको २४ लिटर मदिरा बरामद गरि स्थानीय जनप्रतिनिधी र समाजसेविहरुकोे रोहवारमा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ ।
अछाम जिल्लामा लामो समयदेखी प्रहरीले अवैध मदिरा नियन्त्रणको प्रयास जारी राखेको छ । तर पनि लुकीछीपी घरेलु तथा न्युन गुणस्तरको मदिरा विक्री वितरणको क्रम भने रोकीएको छैन ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस