जीप दुर्घटनामा मर्नेको सँख्या ३ पुग्यो

धनराज साउद अछाम

बान्नीगढि जयगढ गाउपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । 

उपचारका क्रममा बयालपाटा अस्पतालमा २ जनाको मृत्यु भए संगै मृतकको संख्या ३ पुगेको हो । 

दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ४ कै काले परियार र बैतडि घर भै अछाममा सवारी चालकको काम गर्दै अाएका लाल बोहराले ज्यान गुमाएका हुन । 

मुजाबगरबाट जयगढ अाउदै गरेको से १ ज ९९५ नम्वरको जीप जयगढ माझेठाना सडक खण्ड अन्तर्गत  सुकिबाग डिल्लीबजार नजिक बुधवार साँझ सडक बाट करिव ५ सय मिटर तल खस्दा दुर्घना भएको थियो ।

 घाईते हुनेमा बान्नीगढि जयगढ गाउँपालिका वडा नम्वर ४ का तर्क तिमिल्सेना कैलाली घोडाघोडि नगरपालिकाका सवारी चालक जँङिर चौधरी,कैलाली धनगढि उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन । घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker