अछाममा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

अछाममा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
साँफेबगर नगरपालिका ३ का हिरण्य बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
१३ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बालीकाकी आमाले किटानी जाहेरी दिएपछि कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनलाई अछाम जिल्ला अदालतबाट ५ दिन म्याद थप गर्दै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।