बर्षा सुरु भएसँगै जयगढ नन्देगडा ग्रामीण सडक अवरुद्ध : सडक मर्मतका लागी खरिद गरिएका डोजर ट्याक्ट्रर प्रयोगमा आएनन

दुईवटा गाउँपालिकालाई जोड्ने जयगढ नन्देगडा सडक खण्ड अवरुद्ध भएको छ ।

बर्षायाम सुरु भएसँगै बान्नीगढी जयगढ गाउँपालीका र मेल्लेख गाउँपालीका जोड्ने जयगढ नन्देगडा सडक खण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि दुईवटै गाउँपालीकाका स्थानियले अहिले सास्ती खेप्दै आईरहेका छन ।

आर्थिक बर्ष २०७५÷७६ को असार मसान्तमा मात्रै लाखौ खर्च गरिएको उक्त सडक महिना दिन नपुग्दै बर्षका कारण अवरुद्ध हुदा जयगढबाट नन्देगडा तथा नन्देगडाबाट जयगढ आवत जावत गर्न स्थानीयहरु जयगढ साँफे हुदै नन्देगडा आवतजावत गर्न बाध्य भईरहदा समेत सम्बन्धीत निकायले भने सडक सुचारु गर्नेबारे बेवास्था गर्दै आईरहेका छन ।

सडक अवरुद्ध हुँदा घण्टौ हिडेर पैदल यात्रा गर्नु पर्ने बाध्यता सँगै स्थानियले उत्पादन गरेका कृषि उत्पादन बजार क्षेत्र सम्म पुग्न नपाएर गाउँघरमै सड्न थालेको मेल्लेख गाउँपालिका वडा नम्वर ६ षोडसाका तारा कडायतले बताउनु भयो ।

यता बान्नीगढी जयगढ गाउँपालिकाले लाखौ खर्च गरेर ग्रामीण सडक मर्मत तथा निर्माण कार्यका लागी भन्दै डोजर र ट्याक्ट्रर गत आर्थिक बर्षमा नै खरिद गरेको थियो । तर गाउँपालिकाका प्रायजसो महत्वकाँक्षी ग्रामीण सडक अवरुद्ध हुदा समेत गाउँपालिकाले सडक मर्मत तथा सुचारु गर्नका लागी कुनै पहल नगरेको स्थानीयको गुनासो रहेको छ । ग्रामीण सडक अवरुद्ध हुदा स्थानीयलाई सास्ती भईरहेका बिषयमा गाउँपालिकालाई पटक पटक जानकारी गराउदा समेत गाउँपालिकाले कुनै पनि सुनुवाई नगरेको बर्दादेवी धारासैनका प्रकाश परियारले बताउनु भएको छ ।

दुईवटा गाउँपालीकालाई जोड्ने जयगढ नन्देगडा ग्रामीण सडक खण्ड अवरुद्ध हुदा समेत सम्बन्धीत निकायले कुनैै पनि चासो नदेखाएको नन्देगडाका उपेन्द्र साउँदले गुनासो गर्नुभएको छ । बिकास निर्माणका लागी गाउँबस्ती सम्म आएको बजेट बिकास निर्माणका लागी नभई कार्यक्रतामुखी भएका कारण समस्या हुदै आएको उहाले बताउनुभयो ।

यस्तै बर्षायाम सुरु भएसँगै जयगढ छातासैन हुदै शोडषा तथा सुतार जोड््ने ग्रामीण सडक लगायतका ग्रामीण सडकहरु पनि बर्षाका कारण बवरुद्ध बनेका छन । अवरुद्ध ग्रामीण सडक समयमै मर्मत नगरिदा स्थानीयले निकै सास्ती भोग्दै आईरहेका छन भने आकस्मीक बिरामी,सुत्केरी महिलालाई अस्पताल सम्म बोकेरै ल्याउनुपर्ने बाध्यता रहदै आएको छ । सडक मर्मत तथा सुचारु गर्न सम्बन्धीत निकायले पहल गर्न जरुरी छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker