वाक नेपालको सेफ जस्टीस परियोजना बान्नीगढी गाउँपालिकालाई हस्तान्तरण

वाक नेपालद्धारा सँचालीत सेफ जस्टीस परियोजना बान्नीगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

मँगलवार एक कार्यक्रमका बिच निक्ष्पक्ष तथा समतामुलक न्यायमा पहुँच सुदृढीकरण ( सेफ जस्टीस ) परियोजना बान्नीगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति सँयोजक लोक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाले गाउँपालिकामा गरेका बिभिन्न क्रियाकलपाका बिषयमा जानकारी गराईएको थियो ।

वाक नेपालद्धारा सँचालीत सेफ जस्टीस परियोजनाले सन २०१६ देखि सन २०१९ अगस्ट सम्म निस्पक्ष तथा समतामुलक न्यायमा नागरीकको पहुँच अभिवृद्धि गर्नका लागी गाउँपालिकाको वडा नम्बर ३ तथा सावीक बर्दादेवीमा बिभिन्न क्रियाकलापहरु सँचालन गर्दै आएको थियो ।

बाल क्लव,महिला तथा किशारी रिप्लेक्ट कक्षा र पुरुष तथा किशोर रिफ्लेक्ट लगायतका समुह निर्माण गरि समाजमा रहेका हानीकारक परम्परा र मुल्य मान्यता न्युनिकरण गर्दै समतामुलक न्यायमा पहुँच बृद्धि गर्न बिभिन्न क्रियाकलाप सँचालन गरेको बारे कार्यक्रममा जानकारी गराईएको थियो ।

परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दै सरस्वती माद्यामीक बिद्यालय जयगढका प्रधानाध्यापक झपटसिँह रावलले परियोजनाले बिद्यालयमा समेत बिभिन्न समुह निर्माण गरि शिक्षाका क्षेत्रमा समेत महत्वपुर्ण सहयोग गरेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिका गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै परियोजना हस्तान्तरण गदै वाक नेपाल अछामका उपाध्यक्ष वल बहादुर के.सीले समाजमा व्यवहार रुपान्तरण तथा नागरीकहरुको न्यायमा पहुँच अभिबृद्धि गर्न वाक नेपालले गरेको प्रयासलाई मुर्त रुप दिनका लागी गाउँपालिका सरकार सजग रहनेमा बिश्वस्त रहेको बताउनुभयो ।

यसैबिच कार्यक्रममा बोल्दै बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले परियोजनाले समाजमा रहेको बिभिन्न कुरीति कुप्रथा न्युनिकरणका क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । समाजमा रहेका हानीकारक मान्यता छाउ कुप्रथा,मदिरा न्युनिकरण,चेतना अभिबृद्धि लगायतका क्षेत्रमा सफ जस्टीस परियोजनाले खेलेको भुमिकाको उच्च प्रशँसा गर्दै उहाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने दृढता समेत व्यक्त गर्नुभयो । परियोजना हस्तान्तरण भईसके पश्चात परियोजनाले गर्दै आएका क्रियाकलापलाई निरन्ततरता दिनका लागी गाउँपालिकामा उपलव्ध रहेको जनशक्तीलाई परिचालन गर्ने उहाले बताउनु भएको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुँगाना,वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष खडक ठकुल्ला लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण वाक नेपालका टिकाराम साउँदले गर्नु भएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker