कर्णाली राजमार्ग व्यक्तिको नाममा : जग्गाधनीहरु वर्षौंदेखि राजस्व बुझाउन बाध्य

कर्णाली राजमार्गको सडक नै व्यक्तिको नाममा दर्ता भएको खबर आजको कान्तिपुरले छापेको छ । कर्णाली राजमार्गअन्तर्गतको गमगढी नाग्मा सडक व्यक्तिको नाममा रहेको हो ।
अन्य स्थानका सार्वजनिक जग्गाजस्तो राजमार्गको जग्गा नियतवश व्यक्तिको नाममा पारिएको भने होइन । समाचार अनुसार सडकमा पर्ने जग्गा सरकारको व्यक्तिको नाममा परेको हो । जग्गा नामसारी नहुँदा जग्गाधनीहरु वर्षौंदेखि राजस्व बुझाउन बाध्य छन् ।
छायानाथ रारा नगरपालिकाका १, २, ३, ६ र ७ वडाका करिब ३ सय जग्गाधनीले सडकको नाममा वडा कार्यालयमा राजस्व तिर्दै आएको समाचारमा उल्लेख छ । onlinekhabar