स्थानीय तहमा झन्डै १३ हजार कर्मचारीको अभाव

स्थानीय सरकार गठन भएको २ वर्षभन्दा बढी समय बित्दा पनि अधिकांश स्थानीय तहमा आवश्यक कर्मचारी नपुग्दा सेवाग्राहीले सुविधा पाउन सकेका छैनन् । प्रदेश सरकारले पनि विकास निर्माणको काम अघि बढ्न नसक्नुको प्रमुख कारण कर्मचारी अभाव भएको बताउँदै आएका छन् ।
बाजुराको हिमाली गाउँपालिकामा १७ जना कर्मचारीको दरबन्दी भए पनि ३ जना कर्मचारीले काम चलाइरहेका छन् । सुदूरपश्चिमको हिमाली गाउँपालिका मात्रै होइन, पूर्वको ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पनि कर्मचारी समस्या उस्तै रहेको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले स्थानीय तहमा झन्डै १३ हजार दरबन्दी खाली छ । कर्मचारी समायोजनको काम भइरहेकाले प्रदेशहरूमा अहिले कति कर्मचारीको अभाव छ ? एकीन तथ्याङ्क छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव जीवलाल भुषाल भने यो वर्षभित्र सबै तहमा कर्मचारीको समस्या समाधान भइसक्ने दाबी गर्नुहुन्छ । लोकसेवाले लिएको परीक्षाबाट स्थानीय तहमा ९ हजार कर्मचारीको पदपूर्ति हुनेछ । एक त केन्द्रबाट स्थानीय तह र प्रदेशमा कर्मचारी जान मानिरहेका छैनन्, गएका कर्मचारीलाई पनि कतिपय ठाउँबाट फिर्ता पठाइएको छ ।
लोकसेवाले लिएको परीक्षाबाट स्थानीय तहमा ९ हजार कर्मचारीको पदपूर्ति हुने भनिएको छ । अरु कर्मचारीको पनि विज्ञापन खोल्ने तयारी गर्दै गर्दा खटाइएको ठाउँमा कर्मचारी नजानुको कारण, सरकारको निर्देशनको पालना नहुनुको रहस्य खोतलिएको छैन । प्रशासनविद् डाक्टर भिमदेव भट्टले तीन तहको राजनीतिक लडाइँले कर्मचारी समस्या झन जटिल बनेको टिप्पणी गर्नुभयो । स्थानीय तह र प्रदेशमा कर्मचारी जान मानिरहेका छैनन्, गएका कर्मचारीलाई पनि कतिपय जनप्रतिनिधिले हाजिर लगाउन नदिने, फिर्ता पठाउने गरिएको छ । स्थानीय तहको चुनावपछि गाउँको विकासले गति लिने अपेक्षा गरिए पनि जनप्रतिनिधि, तीन तहका सरकारबीचको प्रतिष्ठाको लडाइले काम गर्ने कर्मचारी पूर्ति पेचिलो बनेको छ ।
क्याटेगोरी : मुख्य समाचार, रोजगार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस