अछाममा जीप दुर्घटना : २ जनाको मृत्यु ,५ जना घाईते

अछाममा जीप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन ।

मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडा बजार नजीक से १ ज ९८६ नम्बरको बोलेरो जीप दुर्घटना हुदा २ जनाको ज्यान गएको हो भने ५ जना घाईते भएका हुन ।

जीप दुर्घटना हुदा घटनास्थलमै किथ्थी साउद र कौशी साउदले ज्यान गुमाएका हुन । दुर्घटनामा परि नृप साउद,मनिषा उपाध्याय,जनक साउद लगायत ५ जना घाईते भएका छन ।

घाईते मध्य २ जनाको अवश्था गम्भीर रहेको प्रत्यक्षदर्शी बल साउँदले बताउनु भएको छ । गम्भीर घाईते हुनेमा सवारी चालक नृप साउँद र जनक साउँद रहेको बताईएको छ ।

घाईतेलाई उपचारका लागी बयालपाटा अस्पतालाई ल्याईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker