अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाएर ओलीलाई विश्राम दिऔं: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०लाई आग्रह गरेका छन् । बुधबार संसदको विशेष समयमा सांसद थापाले प्रधानमन्त्रीले नियमित रुपमा विदेश जानुपर्ने र सरकार सञ्चालनमा सक्रिय हुन नसकेकाले अब विश्राम दिनुपर्ने बताएका हुन्। संसदमा सत्तारुढ नेकपाको झण्डै दुई तिहाइ बहुमत भएकाले त्यही पार्टीभित्र अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाएर ओलीलाई विश्राम दिन ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘नेकपामा प्रधानमन्त्री बन्न चाहने, भइसकेका नेताहरु एक से एक छन्। अस्वस्थ्य शरीरिक अवस्थामा पनि प्रधानमन्त्री ज्यूलाई शासन सञ्चालनमा सहभागी गराइनु मानवीय हिसाबले पनि उचित होइन। उनलाई विश्राम लिन सुझाव दिऔं।’
उनले ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्ने नेकपाका नेता कार्यकर्तालाई आफ्नो बालाई जस्तै आराम गर्नुहोस् भन्नुपर्ने उल्लेख गरे। उनले भने, ‘बा किन विश्राम लिन चाहनु हुन्नरु बा विश्राम लिनुहोस् भन्न किन सक्नुभएको छैन। यो गल्ती हामीले पनि गर्यौँ अब नदोर्होयाउ।’
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थबारे संसदलाई जानकारी गराउन माग गरे। ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी पाउनु संसदको अधिकार होरु उहाँको स्वास्थ्यबारे सार्वजनिक सञ्चार माध्यमबाट जानकारीबाहेक औपचारिक रुपमा कुनै सूचना दिइएको छैन। प्रधानमन्त्रीको स्वास्थ्य संसदबारे संसदले जानकारी पाउनु पर्दैनरु’ जवाफमा नेकपाका सांसद सूर्य पाठकले प्रधानमन्त्रीको राजीनामालाई आफ्नो दलको अस्तित्व जोगाउने रणनीतिका रुपमा नलिन आग्रह गरे। ‘यो सरकार पाँच वर्ष चल्छ अर्को चुनावमा गाह्रो पर्छ भन्ने सोच देखियो। प्रधानमन्त्रीको राजीनामामा आफ्नो दलको सफलता नखोजौँ, पाठकले भने। पाठकको भनाइप्रति आपत्ति जनाउँदै कांग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दा पनि नझस्किन सुझाव दिए। dineshkhabar
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस