ठेकदारले कुटपिट गर्दा मजदुरको ज्यान गयो

ठेकेदारको कुटपिटबाट एक जना मजदुरको मृत्यु भएको छ। काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० कपनमा मंगलबार राति निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा कुटपिट गर्दा मजदुर सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए। कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ। कुटपिटबाट ज्यान गुमाएका राईको शव प्रहरीले पोस्टमार्टमा लागि टिचिङ अस्पताल राखिएको जनाएको छ।dineshkhabar

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker