गत आर्थिक बर्षमा बर्दादेवीमा करिव शतप्रतिशत बजेट खर्च (कुराकानी सहित)

जनातालाई प्रत्यक्ष लाभ मिल्ने योजनामा बजेट खर्च भएको वडा अध्यक्ष शेट्टिको दावी

दिनेश केशी, अछाम

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा गत आर्थिक बर्षमा करिव सत प्रतिशत बजेट खर्च भएको छ । आर्थीक बर्ष २०७५÷०७६ को कुल बजेट ५५ लाख मध्य ७० हजार बाहेक अरु बजेट खर्च गरिएको हो ।

जनतालाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरि महत्वकांक्षी योजनाहरुमा रकम खर्च गरिएको वडा अध्यक्ष कुल बहादुर शेट्टिले बताउनु भएको छ । गत आर्थिक बर्षमा बर्दादेवीमा सिचाई,खानेपानी, सडकमा सबै भन्दा बढी रकम खर्च गरिएको वडा अध्यक्ष शेट्टिले बताउनुभयो ।

वडाबाट सँचालीत योजनाको काम सन्तोषजनक भएको वडा अध्यक्ष सेट्टीले दाबी गर्नु भएको छ । कतिपय योजनाहरुमा गाउँपालीकाद्धारा लागत स्टमेट नबन्दा योजनाहरुमा बजेट अपुग हुन गई काम सन्तोषजनक रुपमा सम्पन्न हुन नसकेको उहाको भनाई छ । वडा नम्बर ३ ले आर्थीक बर्ष २०७६÷७७ मा शिक्षा क्षेत्रमा सबै भन्दा बजेट बिनियोजन गरेको र वडामा रहेका सरकारी बिद्यालयमा अंग्रेजी भाषामा पठनपाठन गराईने बताईएको छ ।

यसै बिच  हामीले वडा अध्यक्ष कुल बहादुर शेट्टिसँग वडाको बजेटका बिषयमा कुराकानी गरेका छौ । सुनौ यो कुराकानी……….
कुराकानी ः कुल बः सेट्टी

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker