बान्नीगढी जयगढ गाउँपालिकामा औषधीको अभाव : गाउँपालिका भने बेखवर (अडियाे सहित )

भानु ढकाल

बान्नीगढी जयगढ गाउँपालिकाका स्वास्थ्य चौकिहरुमा औषधीको अभाव रहेको पाईएको छ ।

गाउँपालिकाका बिभिन्न स्वास्थ्य चौकिमा करिव ३ महिनादेखी औषधीको अभाव रहेको पाईएको हो । गाउँपालिकाको वडा नम्बर ६ दर्ना स्वास्थ्य चौकीमा लामो समयदेखि औषधी अभाब रहेको भेटिएको छ ।

तिन महिना अघिदेखी दर्ना स्वास्थ्य चौकीमा केही महत्वपुर्ण औषधीको अभाव हुदा स्वास्थ्य उपचारमा समस्या भईरहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन । औषधी अभाव हुदा स्थानीयलाई सास्ती भईरहेको खुलेसँगै रेडियो बान्नीगढीले यस बिषयमा जाँचबुझ गर्दा दर्ना स्वास्थ्य चौकि ईन्चार्ज लक्ष्मी प्रसाद जोशीले दर्ना स्वास्थ्य चौकिमा लामो समयदेखी औषधी अभाब रहेको स्वीकार गर्नुभएको हो ।

स्वास्थ्य चौकि ईन्चार्ज जोशीका अनुसार स्वास्थ्य चौकीमा डाईजिन,राईनटिटिन,कुपोषित बच्चाहरुले खाने आर यु टी एफ , गर्भवति महिलाले पहिलो परिक्षण गर्दा खाने पि एम टी सि टी लगाएतका महत्वपुर्ण औषधीको अभाव रहेको छ ।

औषधी अभाब हुनु पुर्व नै गाँउपालिकाको स्वास्थ्य शाखासंग पटक पटक औषधी उपलब्ध गराईदिन आग्रह गरे पनि स्वास्थ्य शाखाले कुनै वास्ता नगरेको समेत उहाले बताउनु भएको छ । आफुले स्वास्थ्य चौकीमा अभाब भएको औषधीको माग गर्र्दा गाउँपालिकाको स्वास्थ्य शाखाले भने गोदाममा थन्किएको औषधी पेल्ने गरेको समेत उहाले खुलासा गर्नु भएको छ ।

औषधी अभावका कारण स्वास्थ्यचौकीमा आउने सेवाग्राही तथा स्थानिय नागरिकले आफुलाई बिभिन्न आरोप लगाउदै गाली गर्ने गरेको दुखेसो समेत उहाँले गनुभएको छ । यसै बिच औषधी अभावका बिषयमा आज हामीले दर्ना स्वास्थ्य चौकिका ईन्चार्ज लक्ष्मी प्रसाद जोशी सँग कुराकानी गरेका छौ । कुराकानिको शुरुमा उहाँलाई हामीले दर्ना स्वास्थ्य चौकीमा कुन औषधीको अभाब हो भनेर सोधेका छौँ । सुनौँ यो कुराकानी……

यता बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सविता के.सीले भने अत्यावश्यक औषधीको अभाव भएको बिषयमा जानकार नभएको बताउनु भएको छ । केहि स्वास्थ्य चौकिमा औषधी भएको हुन सक्ने भएपनि आवश्यक औषधीहरु गाउँपालिकाका आईपुगेको र केहि दिनमै बितरण गरिसक्ने उहाले बताउनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker