जयगढ बजारको निशुल्क वाईफाई सेवा पुनः अवरुद्ध (अडियो सहित)

वाईफाई लागी बिनियोजीत रकम दुरुपयोग भएको आरोप

जयगढ बजारको निशुल्क वाईफाई फेरी अवरुद्ध भएको छ । बान्नीगढी जयगढ गाउँपालीकाले निशुल्क रुपमा सञ्चालन गरेको जयगढ बजारको फ्रि वाईफाई पुनः अवरुद्ध भएको हो ।

पटक पटक अवरुद्ध हुदै आएको निशुल्क वाईफाई सेवा गत असारबाट अवरुद्ध भएसँगै स्थानिय आक्रोशित बनेका छन । बान्नीगढी जयगढ गाउँपालीकाले निशुल्क रुपमा सन्चालन गरेको वाईफाईको उचित ब्यवस्थापन हुन नसक्दा यस्तो समस्या आउने गरेको स्थानीयले गुनासो गरेका छन ।

गाउँपालिकाले गत आर्थिक बर्षमा निशुल्क वाईफाई सेवा सँचालनका लागी आवश्यक रकम बिनियोजन गरेको भएपनि रकम अनुसार काम नगरिएको जानकारहरुको भनाई छ । स्रोतका अनुसार जयगढ बजारका मुख्य क्षेत्रमा निशुल्क वाईफाईका लागी १ लाख बढि बजेट बिनियोजन गरिएको थियो । उक्त रकम जयगढको मुख्य क्षेत्रमा पोल सहित उच्च गतिको ईन्टरनेट सेवा बिस्तारका लागी बिनियोजन गरिएको भएपनि निजि पसलबाट वाईफाई सेवा सँचालन गरिएको बारे पटक पटक आलोचना समेत हुने गरेको छ ।

गाउँपालीकाले सन्चालन गरेको वाईफाई एक महिना चल्ने पाँच महिना जती नचल्ने हुँदा ईन्टरनेटको सेवाबाट बन्चित हुन परेको स्थानीय जनकरा उपाध्यायले बताउनु भएको छ । निशुल्क वाईफाईको उचित ब्यावस्थापनका लागी गाउँपालिकाले बिशेस ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
बाईट :जनक उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker