सिभिल बैंक जयगढ साखामा खानेपानीको चरम अभाब  (कुराकानी सहित)

दिनेश केसी , अछाम 

जयगढको सिभिल बैंकमा खानेपानीको हाहाकार हुँदा सेवागा्रही मर्कामा पर्ने गरेका छन । बान्नीगढी जयगढ गाउँपालीकाको जयगढबजारमा रहेको सिभिल बैंकको साखामा खानेपानीको हाहाकार कायमै रहेको छ ।

बैंक स्थापना भएको लामो समय सम्म पनि खानेपानीको कुनै ब्यावस्थापन हुन सकेको छैन । भदौको टनटनापुर गर्मीमा काकाकुल बन्दै सेवागा्रही बैंक सम्म पुग्छन तर बैंकमा खानेपानी नहुदा सेवागा्रहीलाई निकै समस्या हुने गरेको छ । खानेपानीको समस्याले बैंक सम्म पुग्ने धेरै सेवागा्रही मात्रै नभई बैंकमा कार्यरत कर्मचारी पनि काकाकुल बन्नु पर्ने बाध्यता रहेको सिभिल बैंक जयगढ साखाका अपे्रसन म्यानेजर शैलेसराज कुंवर ले बताउनु भयो ।

खानेपानीका लागी करिब आधा घण्टाको दुरीमा रहेको वडा नम्वर २ जनालीकोट बाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नु भयो । खानेपानी ब्यावस्थापनको लागी बैंक साखाबाट स्थानीय निकाय संग पटक पटक आग्रह गर्दा पनि गाउँपालीकाले कुनै वास्ता नै नगरेको उहाँले बताउनु भयो । खानेपानी सहजताको लागी बान्नीगढी जयगढ गाउँपालीकालाई लिखत र मौखिक रुपमा आग्रह गर्दा पनि बेवास्ता जस्तै गरेको उल्लेख गर्नु भयो ।

खानेपानी ब्यावस्थापनकालागी सबै समस्या बैँकबाटै सामाधान नहुने भएकाले बान्नीगढी जयगढ गाउँपालीकाले आफ्ना मागहरु सम्बोधन गरिदिए सहजता हुने सिभिल बैंक जयगढ साखाका अपे्रसन म्यानेजर शैलेसराज कुंवर ले बताउनु भयो । आज हामीले सिभिल बैंकको जयगढ साखामा खानेपानीको समस्या हुदा कस्तो समस्या छ भनि सिभिल बैंक जयगढ साखाका अपे्रसन मेनेजर शैलेस कुंवर संग कुराकानी गरेका छौ ।

सुनौ यो कुराकानी=== कुराकानी शैलेसराज कुंवर …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker