यसरी गरियो गाउँपालीकाद्धारा जयगढ बजार सरसफाइ हेर्नुहोस (फोटो फिचर सहित)

दिनेश केशी
बान्नीगढी जयगढ गाउँपालीकाद्धारा जयगढ बजार सरसफाई गरिएको छ । गाउँपालीकाका सबै कर्मचारीको बाक्लो सहभागीता र सामाजिक सञ्जाल फेशबुकमा ट्रोल जयगढ नामक फेशबुक ग्रुपका मेम्बरहरुले आज जयगढ बजार सरसफाई गरेका छन ।
जयगढ बजारमा फोहोर ब्यावस्थापनका लागी डम्पिङ साईड नहुदा जयगढ बजार दुर्गन्धित बन्दै गएको थियो । बजार दुर्गन्धित बन्दै गएपछि रेडियो बान्नीगढी र बान्नीगढी टुडे डटकम मार्फत पटक पटक समाचार प्रसारण र प्रकासन गर्न थालेपछि आज ब्यावस्थित तरिकाले जयगढ बजार सरसफाई गरिएको छ ।
गाउँपालीकामा थन्किएका डोजर र ट्याक्टरको प्रयोग गरि आज गाउँपालीद्धारा बजारमा अब्यबस्थित देखिने काँचका बोत्तल, जथाभाबी फालिएका फोहोरका डंगुरको उचित ब्याबस्थापन गरिएको छ । प्रत्यक शनिबार सरसफाई गर्दै आएका ट्रोल जयगढ फेशबुक गु्रपका मेम्बरहरु पनि आज बिहान ८ बजे देखिनै सरसफाईमा अग्रसर भएका थिए । गु्रप एडमिनर जनक उपाध्याले केहि दिन अघि नै गु्रपमा सुचना जारी गर्दै सबैलाई सरसफाई कार्यक्रममा उपस्थित भईदिन अनुरोध गर्नु भएको थियो ।
आज सरसफाई कार्यक्रममा उपस्थित भई सरसफाई गर्नुहुने सम्पुर्णलाई उहाँले धन्यबाद दिनु भएको छ । ट्रोल जयगढ नामक फेशबुक गु्रप अब फेशबुकमा मात्रै सिमित नरही समाज रुपान्त्रणमा पनि ठुलो भुमिका खेल्ने एडमिनर जनक उपाध्यायले बताउनु भयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस