Techie IT

नेपालमै पहिलो पटक सिभिल बैंकद्धारा एन्युटी डिपोजिट सेवा सुरु


सिभिल बैंकले एन्युटी डिपोजिट सेवा सुरु गरेको छ। उक्त सेवा देश भरिमा नै एकै साथ सेवा सुरु गरिएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। नेपालमै पहिलो पटक सिभिल बैंकले एन्युटी डिपोजिट सेवा सुरु गरेको हो। बचत र मुद्दतीको समायोजन गरि बनाईएको खातालाई एन्युटी डिपोजिट भन्ने गरिन्छ भने यो खातालेले भविष्यमा आफुलाई चाहिने रकमको व्यवस्थापन गर्न वचतकर्ताले निश्चित अवधी तोकी मासिक रुपमा किस्ता वुझाउनु पर्ने सिभिल बैंक धनगढीका व्यवस्थापक दीपक जोशीले बताए।

उनले सिभिल एन्युटी डिपोजिट अन्तरगत खोलिएको खाताको व्याजदर खाताको अवधीभर स्थीर रहने बताए। न्युनतम मौज्यात एक हजार पनि जम्मा गर्न मिल्ने व्यवस्था गरिएको छ। देशभरीमा ९६ शाखाबाट सेवा प्रदान गरिहेको सिभिल बैंकका ६ ओटा शाखा सुदूरपश्चिम प्रदेशमा पनि रहेका छन। जस मध्ये कैलालीको धनगढी, लम्की, भजनी र जानकी गाउपालिकामा शाखा रहेको छ भने पहाडी जिल्ला डोटीको आदर्श र अछामको जयगढ बान्नीगढीमा पनि शाखा रहेको छ।dineshkhabar


क्याटेगोरी : मुख्य समाचार, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस