गत आर्थिक बर्षमा पञ्चदेवल नगरपालीकाको ९० प्रतिशत बजेट खर्च (कुराकानी सहित)
यस आर्थीक बर्षमा नगर भवन निमार्णको तयारी

दिनेश केशी,रेडियो बान्नीगढी ,अछाम
पञ्चदेवल बिनायक नगरपालीकामा गत आर्थिक बर्षमा करिव ९० प्रतिशत बजेट खर्च भएको छ ।
आर्थीक बर्ष २०७५÷०७६ को कुल बजेट ३९ करोड मध्य पुजीगत तर्फको १० करोडमा ९० प्रतिशत बजेट खर्च भएको हो । पुजीँगत तर्फको बजेट सवै भन्दा बढि सडक निर्माणमा खर्च गरिएको छ । गत आर्थीक बर्षमा सम्पन्न भएका महत्वकांक्षी योजना मध्य बिनायक कालेकाँडा सडक खण्ड, बिनायक तोली सडक खण्ड, तोली पुल्लेतोला सडक खण्ड र स्वागत गेट रहेका छन ।
जनतालाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरि महत्वकांक्षी योजनाहरुमा रकम खर्च गरिएको र सम्पन्न योजनाहरुमा काम सन्तोषजनक रहेको नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीकान्त बजगाईले बताउनुभयो । पुजीगत तर्फको १० प्रतिशत बजेट समयमै सम्झौता नगरेका कारण फ्रिज भएको उहाको भनाई छ ।
नगरपालीकाले यस आर्थिक बर्षमा शिक्षा स्वास्थ्य, खानेपानी र नगरपालीकाको भवन निर्माणमा सबै भन्दा बढी बजेट केन्द्रित गरेको बजगाँईले बताउनु भएको छ । यसै बिच हामीले निमित्त प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीकान्त बजगाई संग नगरको बजेटका बिषयमा कुराकानी गरेका छौ । सुनौ यो कुराकानी
कुराकानी ः लक्ष्मीकान्त बजगाई