पाँच हजार घुससहित प्रहरीजवान पक्राउ

वीरगन्जमा पाँच हजार रुपैयाँ घुस रकमसहित सोमबार एकजना प्रहरीजवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत् प्रहरीजवान गम्हिरा साह तेलीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको हो ।

वीरगन्जको माइस्थान मन्दिरअगाडि रहेको एक मिठाइ पसलमा सेवाग्राहीसित घुसवापतको रकम लिन गएको विशेष सूचनाको आधारमा प्रहरीजवान गम्हीरालाई पक्राउ गरिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले जानकारी दिए ।

पक्राउ परेका प्रहरीजवान तेली जिल्ला प्रहरी कार्यालयको सहायताकक्षमा कार्यरत् थिए ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker