गाँउपालिका अध्यक्षले किनिदिए आफ्ना तीन छोराका लागि सरकारी रकमबाट मोटरसाईकल

सप्तरीको राजगढ गाँउपालिकाका अध्यक्ष परमानन्द यादवले आफ्ना तीनभाई छोराका लागि सरकारी रकमबाट मोटरसाईकल किनिदिएका छन् ।गाउँपालिका स्रोतका अनुसार गाँउपालिकाले आर्थिक वर्ष २०७४-०७५ मा किनेका मोटरसाईकल मध्ये तीनवटा मोटरसाईकल अध्यक्ष यादवले आफ्ना तीनभाई छोराहरुलाई दिएका हुन् ।
रु २ लाख ५९ हजार ९ सय मूल्याको १५० सीसीको अभेञ्जर, रु २ लाख ५९ हजार ८ सयको १६० सीसीको होण्डा हर्नेट र रु २ लाख ८ हजार १ सय २९ पर्ने १२५ सीसीको होण्डा साइन मोटरसाईकल छोराहरुलाई दिइएको बताएको छ ।
तीन वटा मोटरसाइकलको मूल्य रु ९ लाख ९७ हजार ८ सय २९ रहेको छ। गाउँपालिकाले मोटरसाइकल खरिद प्रकृयामा पनि कानून मिचेको छ । अर्थ मन्त्रालयको पूर्वस्वीकृती बेगर रु ३० लाख १७ हजार २ सय ५६ का १४ वटा किनीएका १२ वटा मोटरसाइकल विना प्रतिस्पर्धा किनेका हुन् ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९ र ११ अनुसार सरकारी कार्यालयले मालसमानको स्पेसिफकिेशनको अधिनमा रही लागत अनुमान तयार गरेर मात्र सामान किन्न पाउँछन् ।
नियमावली अनुसार रु ५ लाख सम्म भए सोभैm खरिद गर्न पाउन, रु २० लाख सम्म भए शिलबन्दी दरभाउ पत्र र रु २० लाख भन्दा माथीको सामान भए बोलपत्रको माध्यमवाट खरिद गर्नु पर्ने व्यवस्था छ । तर गाउँपालिकाले लागत अनुमान तयार नगरी ७ दिने सूचना प्रकाशन गरी मूल्य प्रतिस्पर्धा नगराई क्याटलग विधिद्धारा १२ वटा होण्डा साइन किनेको थियो ।
अध्यक्षका छोराहरुले चलाउने मोटरसाईकलमा पेट्रोल खर्च समेत गाउँपालिकाले व्यहोर्ने गरेको छ । तीन वटा मोटरसाइकलमा एक वर्षमा ६ लाख ६६ हजार ८ सय रुपैयाँको पेट्रोल हालिएको छ । अध्यक्ष यादव आफू भने स्कारपियो चढ्छन् ।
क्याटेगोरी : मुख्य समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस