जयगढमा अझै खानेपानीको व्यवस्थापन हुन सकेन ( कुराकानी सहित )

जयगढ बजारमा अझै पनि खानेपानीको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयलाई सास्ती हुन थालेको छ ।
खुल्ला पाईपबाट खानेपानी बितरण हुदा कुनै ठाउँमा पानी फालाफाल त कुनै ठाँउमा हाँहाकार भईरहेका हो । बान्नीगढी जयगढ गाउँपालीकाको केन्द्र रहेको जयगढ बिच बजारमा अब्यवस्थित रुपमा खुल्ला पाईपबाट पानी बग्ने भएकाले बजार हिलाम्मे हुनुका साथै सेवाग्राही मारमा पर्न थालेका छन ।
४० लाखको लागतमा सिलामुल जयगढ खानेपानी योजना सम्पन्न भए पश्चात खानेपानीका लागी केहि सहज भएपनि उचित व्यवस्थापन नहुदा समस्या कायमै रहेको छ । धारा र टुँटि बिनै खुल्ला पाईपबाट खानेपानी बितरण हुन थालेपछि जयगढ बिच बजार हिलाम्य समेत हुन थालेको छ ।
साथै खुल्ला पाईपबाट पानी बग्दा कहिले अनावश्यक पानी खेर जाने त कहिले कसो पानीको अभाव हुने गरेको स्थानीयले दुखेसो गरेका छन । खानेपानीको उचित व्यवस्थापन हुन नसक्दा पाईपबाट आउने पानी दुषीत हुने गरेको स्थानीय होटल व्यवसायी रुपेश सिँह साउँदले दुःखेसो गर्नुभयो ।
बाईट : रुपेश साउँद ।
BITE RUPESH SING SAUD
जयगढ बिच बजारको सडक निर्माण गर्दा खानेपानीका लाईनहरु यत्रतत्र भए पश्चात पाईपको व्यवस्थापन नगरिदा स्थानीयलाई आवतजावत गर्न पनि समस्या हुदै आएको छ । सडक निर्माणका क्रममा पाईपहरु अस्तव्यवस्त हुदा हाल एउटै धाराबाट धेरै जनाले पानी भर्नुपर्दा समस्या भईरहेको स्थानीय व्यवसायीको भनाई छ ।
खानेपानी ब्यावस्थापन गरेर मात्रै सडकको काम गर्ने निर्णय पहिले नै गरेको र ति निर्णयहरुलाई गाउँपालीका र सडक ठेकेदारले कुनै वास्ता नै नगरेका कारण खानेपानीको यस्तो समस्या सिर्जना भएको बिच बजारका ब्यावसायी खडक ठकुल्लाले बताउनु भयो ।
आवाज : खडक ठकुल्ला ।
BITE KHADAK THAKULLA
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस