Techie IT

बिनायक गैरिटाड सडक खण्डमा बर्षेनी पहिरोः ठेकेदारको लापर्बाही (कुराकानी सहित)


दिनेश केशी, रेडियो बान्नीगढी, अछाम 

मध्यपहाडी सडक खण्ड अन्तरगत बिनायक गैरिटाड सडक खण्डको किर्तीपुरमा बर्षेनी पहिरो बग्न थालेपछि यात्रुहरु सकसपुर्ण यात्रा गर्न बाध्य भएका छन ।

पञ्चदेवल बिनायक नगरपालीकाको सिमाना नजिकै कमलबजार नगरपालीको किर्तीपुरमा बर्षायाम सुरु भएसँगै सडक माथीबाट पहिरो बग्ने समस्याले यात्रुहरुसकसपुर्ण यात्रा गर्न बाध्य भईरहेका हुन । मध्य पहाडी सडक निर्माणको काम सञ्चालन भए देखी नै यस्तो समस्या हुँदै आएको स्थानीयले बताएका छन ।

बर्षाको समयमा हिलाम्य भईरहने उक्त सडक खण्डमा गाडी चलाउँदा निकै सावधानी अपनाउनुपर्ने र अलिकती चिप्लिने बित्तिकै ठुलो दुर्घटनाको शिकार बन्नुपर्ने त्राससका बिच सवारी साधन ओहोर दोहोर गर्नुपर्ने बाध्यता रहदै आएको गाडी चालकहरुको भनाई छ । दसै तिहार नजिकिदै गर्दा देश बिदेशबाट गाउँघर तिर आउने यात्रीहरुको चाप बढ्दै गएका समयमा  पहिरोका कारण कहिले काँहि सडकखण्ड पुर्ण रुपमा अवरुद्द हुदा यात्रीहरुको बिचल्ली हुने गरेको छ ।

मध्यपहाडी सडक खण्ड निर्माणको कामको जीम्मा लिएका ठेकेदारले लापरर्बाही गर्दा समस्या सिर्जना हुदै आएको पञ्चदेवल बिनायक नगरपालीकाका नगरप्रमुख देबराज देबकोटाले बताउनु भएको छ । सडक निर्माणको काम सँगै पहिरोको समस्या समाधानका लागी ठेकेदारलाई पटक पटक आग्रह गर्दा पनि समस्या समाधान हुन नसकेको नगर प्रमुख देवकोटाले बताउनुभयो ।

कुरकाकानी:देवराज देवकोटा 

यता कमलबजार नगरपालीकाका नगर प्रमुख ओम प्रकाश बिष्टले पनि ठेकेदारकै लापर्वाहीका कारण यात्रुहरुले शास्ती भोग्नु परेको बताउनु भएको छ । सडक हिलाम्य हुदा यात्रुहरुले शास्ती भोग्नुपरेको बारे ठेकेदारलाई पटक पटक जानकारी गराउदा हाल जेसिबीले काम गरिरहेको नगरप्रमुख बिष्टले बताउनुभयो ।

कुरकाकानी: ओम प्रकाश बिष्ट

 


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस