कांग्रेस पहिलो पार्टि बन्ने केन्द्रिय प्रतिनिधि जोशीको दावी

नेपाली काँग्रेसको दोस्रो चरणको राष्टि्य जागरण कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्वर १ प्रदेश सभा ख का सँयोजक डम्वर स्वारको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि गोविन्दराज जोशी प्रमुख अथिति रहनु भएको थियो ।

भने जिल्ला सदस्य धन बहादुर शाह र चन्द्रसिँह लुहार बिशिष्ट अथिति रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति जोशीले देश र जनताको हक हितका लागी लड्ने एक मात्र पार्टि काँग्रेस भएको दावी गर्दै जनजागरण कार्यक्रमले काँग्रेस अझै बलियो हुने बताउनु भयो ।
जनजागरण कार्यक्रमले काँग्रेस कार्यकर्ताहरुमा उत्साह र उमँग ल्याएका कारण अव काँग्रेस क्रियाशिल हुने र देशको पहिलो पार्टि बन्ने उहाको भनाई छ ।

नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधी लगायत पार्टि कार्यकर्ताको सहभागीता रहेको कार्यक्रमको सँचालन गाउ कार्य समिति सचिव सुरत रावलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker